गगन थापा कांग्रेसभित्र ९५ प्रतिशतको विरोधको हालतमा रहेको सूर्य थापाको दाबी


काठमाडौं, २६ असोज । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व सांसद सूर्य थापाले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई कांग्रेसको मात्रै चिन्ता लिन सुझाव दिएका छन् । केहीबेर अघि गगन थापाले अब प्रमुख तीन दलका प्रमुख तीन नेतालाई विदा गरिनुपर्ने आह्वान गरेका थिए ।

थापाको भिडिओ सन्देश जारी भएलगत्तै थापाले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले गगन नेपाली कांग्रेसभित्रै ९५ प्रतिशत विरोधको हालतमा रहेको दाबी गरेका छन् । थापाको पक्षमा जम्मा ५ प्रतिशतमात्रै रहेको उनको दाबी छ । उनले फेशबुकमा लेखेका छन्–

“प्रिय गगन थापाजी, कांग्रेस पार्टीको मात्र चिन्ता गर्नुस । मैले बुझ्दा तपाईं कांग्रेसको केन्द्रीय समितिमा ५ प्रतिशतको समर्थन र ९५ प्रतिशतको विरोधको हालतमा हुनुहुन्छ ।”