नेकपाको केन्द्रीय समितिको विशेष बैठक आजपनि, माओवादीसँग एकताबारे निर्णय लिने


काठमाडौं, २७ असोज । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको केन्द्रीय समितिको विशेष बैठक आजपनि बसेको छ । हिजोबाट सुरु भएको बैठकमा महासचिव विप्लवले माओवादीसँग एकताको लागि विशेष निर्णय लिनेगरि तयारी गरेका छन् । यो बीचमा उनी काठमाडौं आएका थिए । उनले माओवादी केन्द्रका संयोजक प्रचण्डसँग भेट गरेका थिए ।

जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिको विश्लेषणसहित वाम घटकहरुसँग एकता गर्ने विप्लवको तयारी छ । त्यहीअनुसार उनले सुरुमा प्रचण्डसँग भेट गरेको बताईन्छ । यता, प्रचण्ड माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग एकताको लागि अन्तिम गृहकार्यमा छन् ।

तत्काल एकतामा पुग्नेगरि दुई नेताबीच छलफल भएको छ । यद्धपी नेकपा (एकीकृत समाजवादी) मा अहिले नै एकता गर्न नहुने मत बलियो बनेको बताईन्छ । file photo