लोसपाले पनि मुख्यमन्त्री सिंहलाई दिएको समर्थन फिर्ता लियो


काठमाडौं, २७ असोज । लोकतान्त्रिक समाजवादी पार्टीले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । अध्यक्ष महन्थ ठाकुरको निर्देशनमा लोसपा मधेश प्रदेशको संसदीय दलले समर्थन फिर्ता लिने निर्णय लिएको हो । लोसपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सतिशुकमार सिंह स्पष्ट रुपमा अल्पमतमा परेका छन् ।

लोसपाका अध्यक्ष ठाकुरले नै मधेश सरकारबाट बाहिरिन निर्देशन दिएका थिए । सोहीअनुसार आज सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । सो दलबाट शिक्षामन्त्री बनेकी रानीकुमारी तिवारीले राजीनामासमेत दिएकी छिन् । मुख्यमन्त्री सिंहले भोलि असोज २८ गते सदन फेश गर्ने भएका छन् । उनलाई आफ्नै दल जनमतको समेत साथ छैन ।