भूमि आयोग विघटनप्रति एमालेनिकट किसान संगठनहरुको आपत्ति


काठमाडौँ, २७ असोज । भूमि समस्या समाधान आयोग विघटनप्रति नेकपा (एमाले) को किसानसम्बद्ध दुई संस्थाले आपत्ति जनाएका छन् । अखिल नेपाल किसान महासङ्घ र भूमि अधिकार तथा श्रमिक सङ्गठनले पत्रकार सम्मेलनमा आयोगले भूमि समस्या समाधानका लागि गरेका कामको स्वामित्व कसले लिने भन्ने चिन्ता भएको जनाएको छ ।

भूमि समस्या समाधानका लागि कानुन नै निर्माण गरेर गठन गरिएको आयोग विघटन गर्नुअघि सरोकारवालासँग छलफल गरिनुपर्ने महासङ्घका अध्यक्ष डा प्रेम दङ्गाल र श्रमिक सङ्गठनका अध्यक्ष इन्द्र तामाङले जानकारी दिए ।

आयोग विघटनको विरोधमा प्रदर्शन गरिने जनाइएको छ । ती संस्थाहरुले यही असोज २९ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताइएको छ ।