काठमाडौं, असोज २८ । नेपाली बजारमा सुनको मूल्य साढे दुई लाख नजिक पुगेको छ । मंगलबार एकैदिन सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँ बढेसँगै सुनको मूल्य साढे दुई लाख नजिक पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम रहेको छ । जुन हालसम्मकै सबैभन्दा महँगो हो ।
सोमबार सुन तोलामा २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीले पनि रेकर्ड कायम गरेको छ । सोमबार तोलामा ३ हजार २२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ३ हजार ३२५ रुपैयाँ पुगेको छ ।




प्रतिक्रिया