कांग्रेसमा विशेष महाधिवेशन माग्दै महाधिवेशन प्रतिनिधिहरूले कार्यवाहक सभापति खड्कालाई बुझाए हस्ताक्षर


काठमाडौं, २९ असोज । गुरुराज घिमिरेको नेतृत्वमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशन माग गर्दै संकलित हस्ताक्षर पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका छन् । पार्टी कार्यालय सानेपामा उनीहरुले सो हस्ताक्षर बुझाएका हुन् ।

हस्ताक्षरकर्ताहरुमध्ये एक नेताले ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर रहेको दाबी गरे । पार्टीको विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारण खुलाएर विशेष महाधिवेशन माग गरेमा तीन महिनाभित्र महाधिवेशन गरिनुपर्ने प्रावधान छ । हिजो नै गगन थापा र विश्वप्रकाश शर्माले सो हस्ताक्षर पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने तयारी गरेका थिए ।

तर, केन्द्रीय कमिटी बैठक बस्नुअघि सभापति देउवासँगको छलफलमा महामन्त्रीद्धय थापा र शर्मा ब्याक भएका हुन् । देउवाले हिजोको बैठकमा नै कार्यवाहक सभापतिको जिम्मा खड्कालाई सुम्पिएका छन् । आफ्नो स्वास्थ्यलाई कारण देखाउँदै उनी कार्यकारी जिम्मेवारीबाट अलग भएका हुन् ।