काठमाडौं, २९ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले आफूहरुलाई आगामी यात्राको लागि परीक्षा सुम्पिएको बताएका छन् । जेनजी प्रदर्शनको जायज मागलाई सम्बोधन गरिनुपर्छ भनेर देउवाले भनेको कुरा स्मरण गराउँदै शर्माले यस्तो बताएका हसन् ।
उनले फेशबुकमा लेखेका छन्,‘GenZ प्रदर्शनको जायज मागलाई सम्बोधन गरिनुपर्छ´´, आफैं भौतिक आक्रमणमा परेर पनि कुनै आवेग बेगर हार्दिक रूपमा यी शब्द लिखितम् सहित बोल्नुभयो उहाँले l आग्रह गर्नुभयो-व्यक्तिगत या समुहगत मतभेदभन्दा माथी उठेर अबको बाटो पहिल्याइनुपर्छ ´´ ! कार्यसमितिमा बहुमत थियो र छँदैछ तर दिनुभयो कार्यवाहक र जानूभयो हामी सबैलाई `आगामी यात्राको परिक्षा´ सुम्पिएर l ।’
देउवाले समयको स्वरलाई सम्बोधन गरेको भन्दै शर्माले नमन गरेका छन् । उनले थप भनेका छन्,‘समयको स्वरलाई सम्बोधनको यो कर्मप्रति हृदयदेखि सम्मान l यो कर्मको मर्म आत्मसात गर्दै अब नयाँ ढंगले जुट्नुछ – `इतिहासमा आर्जित विश्वसनीयता पुनःपुष्टि गर्ने´ दायित्व अब संयम र एकतासाथ मध्यमार्गी सोचले सम्हाल्ने परिपक्वता हामीले राख्नुछ l जय नेपाल !”




प्रतिक्रिया