मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलको शपथ आज


काठमाडौं, असोज ३० । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन्। मुख्यमन्त्री सोनले अहिले बिहान साढे ११ बजे प्रदेश प्रमुखकको कार्यालयमा शपथ लिन लागेका हुन् ।

लोसपाका नेता सोनल बुधबार जसपा नेपाल, जनमत, माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्। जनमत विभाजन भएको अवस्थामा जनमतका सबै सांसदको हस्ताक्षर बुझाएर उनलाई मुख्यमन्त्री नियुक्त गरिएको भन्दै कांग्रेस र एमालेले भने विरोध गरेका छन्। कांग्रेस र एमालेले भने कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री प्रस्ताव गरेपनि बहुमत जुटाउन सकेन् ।

जनमतका दुई प्रदेशसभा सदस्यहरु निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र पूर्वमन्त्रीसमेत रहेका जनमतका सांसद त्रिभुवन साहले बुधबार जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालयमा गएर जनस्वराज पार्टी रोजेपछि सोनलका पक्षमा गरिएको बहुमतको दाबीलाई मान्यता दिन नहुने कांग्रेस र एमालेको तर्क छ।