काठमाडौं, असोज ३० । नेपाली कांग्रेसका नेता दिनेश कोइरालाले देशलाई चाहिएको परिर्वतनकारी आन्दोलनलाई मूर्त रुप दिने जेन-जी पुस्ताको आवाज जायज रहेको बताएका छन् ।
नेपाली कांग्रेसले जेन-जी पुस्ताले उठाएका आवाजलाई सम्मान गर्ने बताउँदै उनले देशमा भएको उथुलपुथुल, आन्दोलन र क्रान्तिले उठाएका आवाजहरु आफूहरुले पहिले देखिनै उठाउँदै आएको जनाए ।
नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने, यसअघिको नेतृत्वले जेन-जी पुस्ताको भावना अनुसार पार्टीलाई रुपान्तरण गरेको भए अहिलेको अवस्था आउने नै थिएन् । दलहरु चुकेकै कारण र भएको कमजोरीकै कारण जेनजी आन्दोलनले मूर्त रुप लिएको हो । जेन-जी पुस्ताले खोजेको सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण, खुला समाजिक सञ्जालबारे कांग्रेसले आम जनताको आवाजको रुपमा पहिले पनि बोल्दै आएको थियो अहिले पनि सम्मान गर्छ ।’
सुशासन स्थापना र भ्रष्टाचारमुक्त समाज निर्माणसँगै पार्टीहरुमा मौलाएको नीतिगत भ्रष्ट्राचार र विकृतीको अन्त्य गर्न कांग्रेस भित्र भ्रष्ट्राचारको आरोप लागेकामाथी छानविन हुनुपर्ने र त्यसका लागि सबैको सहयोग रहने उनको भनाई छ । आन्दोलनले ल्याएको उपलब्धिलाई स्विकार गर्दै पार्टी निर्वाचनमा गएर देशको राजनीतिलाई मुलधारमा ल्याउन सहयोग गर्ने उनले बताए । मुलुकमा विकसित वर्तमान राजनीतिक अवस्थाको उचित निकास निर्वाचन भएकाले पार्टी जनादेशको पक्षमा रहेको उनको धारणा छ ।
साथै, उनले पार्टी सभापति शेरबहादुर देउवाले कार्यवाहक तोकेर सक्रिय राजनीतिबाट विदा लिएको बताएका छन् । उनले अव विशेष महाधिवेशनमार्फत डा. शेखर कोइरालालाई सभापति बनाउनुपर्ने धारणा राखे ।




प्रतिक्रिया