काठमाडौं, ३० असोज । निर्वाचन आयोग आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटेको छ । आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । तोकिएकै मितिमा निर्वाचन गराउनको लागि आज राजनीतिक दलहरुसँग छलफल गरेको हो ।
छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, नेकपा (एकीकृत समाजवादी), मधेशवादी दललगायतका दलहरुका प्रतिनिधि सहभागी छन् । यसअघि राष्ट्रपति कार्यालय शितलनिवासमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा दलका नेताहरुसँग छलफल भएको थियो ।
माओवादी केन्द्र, नेपाली कांग्रेसले निर्वाचनमा भाग लिने भनिसकेका छन् । एमालेले भने प्रतिनिधिसभा पूनःस्थापनाको एजेण्डा बोकेको छ । वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको बुझाई छ ।
तस्बिरः किरणराज विष्ट/रासस




प्रतिक्रिया