काठमाडौं, ३० असोज । नेकपा (एमाले) का केन्द्रीय सदस्य माधव ढुङ्गेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई तत्काल पार्टी सदस्यता दिलाउन माग गर्दैै लिखित पत्र बुझाएका छन् । केन्द्रीय कमिटीको दोस्रो दिन आज उनले पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिनुपर्ने मागसहित पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई पत्र बुझाएका हुन् । ढुङ्गेल एमाले संगठन विभागका सचिवसमेत हुन् ।
बैठकमा केन्द्रीय सदस्यहरु रचना खड्का, युवराज बास्कोटा, रविन कोइराला, रामलाल साह, ममता गिरीलगायतले पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिन दवाब दिएका थिए । उनीहरुले पार्टी अध्यक्ष ओलीलाई मार्ग प्रशस्त गरेर अभिभावकीय भूमिकामा बस्नसमेत सुझाव दिएका छन् ।
त्यस्तै, बैठकमा रमेश पौडेलले पनि भण्डारीको सदस्यता रोकेर एमाले एकतावद्ध हुन नसक्ने धारणा राखे । यसैगरी मनोजजंग थापा, मञ्जु गुरुङ र युवराज बास्कोटाले पनि पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने धारणा राखे ।




प्रतिक्रिया