काठमाडौं, ३० असोज । नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं पूर्व महान्यायाधिवक्ता रमेश बडालले यसअघिका नजीरहरुको आधारमा नै प्रतिनिधिसभा पुनर्स्थापित हुने बताएका छन् । आज (बिहीबार) केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले पछिल्लो विघटन र त्यसमा भएका नजीरको आधारमा प्रतिनिधिसभा पुनर्स्थापना हुने बताएका हुन् ।
गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएकी थिईन् । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन गरेका थिए । एमाले निरन्तर संसद् विघटनको विरुद्धमा उभिँदै आएको छ ।
संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन परेको छ । उक्त रिट निवेदनमाथि आगामी कात्तिक १२ गते सुनुवाइ हुनेगरी पेशी तोकिएको छ ।




प्रतिक्रिया