काठमाडौं, ३१ असोज । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आफूलाई जतिबेला पनि थुन्नसक्ने खतरा रहेको बताएका छन् । केन्द्रीय समितिमा आफ्ना धारणाहरु राख्दै ओलीले आफूविरुद्ध पछिल्ला दिनहरुमा राजनीतिक षड्यन्त्र भइरहेको बताएका हुन् ।
‘यो सरकारले मलाई पटक–पटक थुन्ने प्रयास गरिरहेको छ । त्यसका लागि मिटिङ र छलफल भइरहेको छ,’– केन्द्रीय समितिको बैठकका क्रममा ओलीले भनेका थिए ।
अध्यक्ष ओलीले पार्टीमा उत्पन्न आन्तरिक असन्तुष्टिलाई सम्बोधन गर्दै एकता, अनुशासन र विचारको स्पष्टतामार्फत अगाडि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरे । बैठकले प्रतिनिधिसभा पूनःस्थापनाको लागि जनपरिचालन गर्ने निर्णय पनि गरेको छ । अध्यक्ष ओलीले त्यसको लागि लोकतन्त्र, गणतन्त्र र संविधान पक्षहरुसँग सहकार्य गनुपर्ने धारणा राखे ।
एमालेले पार्टीको ११औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने निर्णय पनि गरेको छ ।




प्रतिक्रिया