क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव वैद्यले दिए राजीनामा


काठमाडौं, २ कात्तिक । क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्यले पदबाट राजीनामा दिएका छन् । केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले वैद्यको राजीनामा स्वीकृत गरेको हो । वैद्यले स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए ।

क्रान्तिकारी कम्युनिष्ट पार्टीको नयाँ महासचिवमा वरिष्ठ नेता चन्द्रप्रकाश गजुरेल नियुक्त भएका छन् । गत मंसिरमा भएको महाधिवेशनबाट किरण सर्वसम्मत महासचिवमा नियुक्त भएका थिए । लामो समयदेखि दम र निमोनियाबाट ग्रसित भएका नेता वैद्य केही समयदेखि पटक–पटक अस्पताल भर्ना भइरहेका छन् ।