काठमाडौं, २ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा यस्तै अराजकता चलिरहे आफू फेरि प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । आज (आइतबार) सम्पादकहरुसन्गको साक्षत्कार कार्यक्रममा उनले जनताले अराजकता नसहने बताएका हुन् । उनले यस्तै हुँदै जाने हो भने सम्पादकहरुले नै सम्पादकीय लेखेर आफूलाई फिर्ता ल्याउन माग गर्ने बताए ।
‘यस्तै भयो भने केपी ओली फेरि प्रधानन्त्रीमा फर्किने सम्भावना बढ्छ । जनताले यो कुरा सहँदैन नि, किन सहने ? अरुबाट हुने रहेनछ, यस्तो अराजकता ?’ प्रश्न गर्दै उनले भने ।
ओलीले जनतालाई केपी ओली शासन सत्तामा फर्किएर आउने डर भएको खण्डमा भोट नहाल्ने बताए । उनले आफू जेन–जी आन्दोलनको नाममा तोडफोड र आगजनी गरेर शासन सत्तामा पनि नआउने पनि बताए ।
‘जनतालाई केपी ओली शासनमा फर्किएर आउने डर छ भने त भोट हाल्दैनन् होला नि त । भोट नहालेपछि त आउँदैन होला । म त जेन–जीको आन्दोलन भनेर तोडफोड र आगजनी गरेर आउने मान्छे त होइन,’– उनले भने ।




प्रतिक्रिया