विपिनको श्रद्धाञ्जली सभामा जे देखियो (फोटोफिचर)


काठमाडौं, ३ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशीको पार्थिक शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेकी छन् । इजरायलमा मारिएका विपिनको शव आज नेपाल ल्याइएको हो । विपिनको पार्थिक शरीरमा श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जा मन्त्री कुलमान घिसिङलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

श्रद्धाञ्जली सभामा संक्षिप्त सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विपिन जन्म दिने आमाको छोरामात्रै नभएर प्रत्येक नेपाली आमाको छोरा भएको बताईन् । ‘हामीलाई त लाग्छ नि, विपिन एउटा नेपाली छोरो, हामी सबैको हो । प्रत्येक नेपाली आमाको छोरो । अब कसैले विपिनलाई बिर्सन सक्दैन,’– उनले भनिन् ।