काठमाडौं, ८ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ डा.तोसिमा कार्कीले पार्टीमा रवि लामिछानेको विकल्प नखोजिएको प्रष्ट पारेकी छन् । आज (शनिबार) भिडिओ सन्देश जारी गर्दै उनले आफूले उठाएको पार्टी रिफर्मेशनको एजेण्डालाई थप कमजोर पार्नका लागि अतिरञ्जित गरिएको बताइएकी हुन् । उनले भनिन्, ‘विगत केही दिनदेखि मैले उठाएको रिफर्मेशनको मुद्दालाई अतिरञ्जित गरेर, यो मुद्दालाई कमजोर बनाउनका लागि रवि लामिछानेको विकल्प खोजिएको हो कि भन्ने किसिमका आरोपहरु निरन्तर ममाथि आइरहेको छ ।’
जेन–जी क्रान्तिले उठाएको भ्रष्टाचारविरुद्धको मुद्दा र सुशासनको मुद्दालाई स्थापित गर्नका लागि स्वयं राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि यथास्थितिवादमा सिथिल भएर चलिरहने छुट नरहेको उनले बताईन् । पार्टी सुधार र सदृढीकरणका लागि वैचारिक र सांगठनिक सुधार गर्नुपर्छ भनेर आफूले रिफर्मेसनको एजेण्डा उठाएको पनि उनले बताएकी छिन् ।
पार्टीको विस्तारित बैठकलाई मुख्य महत्वको साथ हेरेर सकेसम्म सबैभन्दा धेरै जना सहभागी भइदिन पनि उनले आग्रह गरेकी छन् । नेतृ कार्कीले विस्तारित बैठकमा प्रतुत हुने राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदनमाथि रास्वपाका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरुले विचार राख्न पाउनुपर्ने र उनीहरुलाई भोटिङ राइट दिइनुपर्ने बताईन् ।
नेतृ कार्कीले आफ्ुनो पेशा र भविष्य छाडेर राजनीति गर्छु भनेर रास्वपालाई अपनाएर आएको बताईन् । उनले रास्वपालाई बढाउन, हुर्काउन र जनताको समक्ष पुर्याउनका लागि आफू लागि परेको बताईन् । आफूले उठाएको रिफर्मेशनको एजेण्डा व्यक्ति विशेष विरुद्धको एजेण्डा नरहेको पनि उनले प्रष्ट पारेकी छन् । समग्र रास्वपालाई सुदृढ र सवल बनाउनका लागि र वैकल्पिक शक्तिहरुलाई समावेश गराउनका लागि रास्वपा उदार हुनुपर्ने उनले बताईन् । सबै अटाउने किसिमको ठूलो बन्नु पर्ने उनले बताईन् । यथास्थितिमै चलिराख्ने हो भने रास्वपाले चाहेर पनि पार्टीलाई बहुमत प्राप्न नहुने उनले बताईन् । वैकल्पिक शक्तिहरुका लागि रास्वपा साझा प्लेटफर्मको रुपमा उदाउन सक्नुपर्ने उनको भनाइ छ ।
रवि लामिछानेको विकल्प खोजेको हो भनेर, अतिरञ्जित गरेर रिफर्मेशनको विषयलाई कमजोर नबनाइदिन उनले आग्रह गरेकी छन् । ‘यहाँहरु सबै मिलेर आउनुस्, रिफर्मेशन गरौं । रास्वपालाई तथ सुदृढ बनाउँ, सफल बनाऔं,’– उनले भनेकी छन् ।




प्रतिक्रिया