काठमाडौं, १० कात्तिक । दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले दलितहरुभित्र विद्रोहको दियो माओवादी केन्द्रका संयोजक प्रचण्डले बालिदिएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सबै दलितहरु माओवादीतिर जान लागेपछि एमाले र कांग्रेसले दलितहरुलाई ठाउँ दिन थालेको बताएका हुन् । माओवादीले दलितको मुद्दा उठाउने सन्दर्भमा ठूलो योगदान गरेको उनले बताए ।
‘आज दलितहरुभित्र जे विद्रोहको भाव जागेको छ, त्यसको दियो प्रचण्डले बालिदिएका हुन् । यसमा कुनै दुईमत छैन । सबै दलितहरु माओवादीतिर लाग्न थालेपछि कांग्रेस र एमालेले बल्ल स्पेस दिन थालेका हुन्,’– उनले भने ।
साथै, उनले कांग्रेसभित्र दलितहरुले अपमान र घृणा भोगिरहेको उनले बताए । कांग्रेसको प्रवृत्तिले समाजमा न्याय गर्न नसक्ने उनको भनाइ छ । साथै, उनले आफू मन्त्री नभए पनि सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई पूर्ण रुपमा सपोर्ट रहेको बताए ।
‘म मन्त्री नभए पनि अहिलेको सरकारलाई सफल बनाउने सन्दर्भमा म कहाँ उभिँदाखेरी सरकारलाई सपोर्ट हुन्छ ? म तयार छु । किन भन्दाखेरी देश शंकटमा परेको छ । देश अप्ठ्यारोमा परेको छ,’– उनले भने ।




प्रतिक्रिया