होस्टलमा स्वीप अपरेशनः फेला पर्यो हत्कडीदेखि प्रहरीले बोक्ने लौरोसम्म


काठमाडौं, १० कात्तिक । काठमाडौं महानगरपालिका–३२ सुविधानगरमा रहेको सम्पदा ब्वाइज होस्टेलमा स्वीप अपरेशन चलाउँदा हत्कडीदेखि प्रहरीले बोक्ने लौरोसमेत फेला परेको छ । आइतबार दिउँसो प्रहरीले सम्पदा ब्वाइज होस्टलको बी ब्लक प्रयागमार्गस्थित ए ब्लकमा स्वीप अपरेशन चलाएको थियो ।

सो क्रममा ए ब्लकबाट हत्कडीसहितका प्रहरीको सामान बरामद भएको हो । होस्टलबाट हत्कडी दुई थान, एपीएफको बडी प्रोटेक्टर, हार्ड डिस्क र प्रहरीको लौरो बरामद भएको बताइएको छ ।

प्रहरीको सामन फेला परेसँगै होस्टल वार्डेन गोविन्दकुमार ठाकुरलाई नियन्त्रणमा लिइएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।