गुह्वेश्वरी पुगेर राष्ट्रपति पौडेलले गरे छठी माताको पूजा आराधना


काठमाडौं, १० कात्तिक । पशुपति क्षेत्रस्थित गुह्वेश्वरी पुगेर राष्ट्रपति रामचन्द्र पौडेलले छठी माताको पूजा आराधना गरेका छन् । राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पूजा स्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गरेका हुन् ।

राष्ट्रपति पौडेल गुहृेश्वरीमा पुग्दा राष्ट्रिय सभा सदस्य विष्णुदेवि पुडासैनी, पशुपति विकास कोषका पदाधिकारी, छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए । थिए ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व काठमाडौंको गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथलीलगायत स्थानमा मनाइन्छ ।