गगन थापाले आजको बैठकमा १५औं महाधिवेशनको कार्यतालिका पेश गर्ने


काठमाडौं, १८ कार्तिक । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजेबाट सुरु हुँदैछ। यसअघि नै बैठक नबसी स्थगित् हुँदै आएको बैठक आज भने बस्ने भएको छ । आजको बैठकमा महामन्त्री गगनकुमार थापाले १५औं महाधिवेशनको कार्यतालिका पेश गर्ने भएका छन् ।

हिजो (सोमबार ) दिनभर कांग्रेस शीर्ष नेताहरु सहमति निकाल्नेगरि छलफलमा जुटेका हुन् । यसअघि पनि थापाले १५औं महाधिवेशनको कार्यतालिका पेश गर्न चाहेका थिए । तर, कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बृहत छलफलबाट सहमतिमा पुग्न सकिने भन्दै समय लिएका थिए ।

यसअघि थापा कार्यतालिका पेश गर्न नपाउने हो भने बैठकमा सहभागी नहुने भनेर अनुपस्थित् भएका थिए । तर, आज भने उनी उपस्थित् हुने र १५औं महाधिवेशनको कार्यतालिका पेश गर्ने भएका हुन् । उता, संस्थापनपक्षधर पनि थापाको प्रस्तावमा काउन्टर प्रस्ताव ल्याउनेगरि अघि बढेको छ । थापाले २१ फागुनको चुनावअघि नै नियमित महाधिवेशनको वकालत गरेका छन् ।