धवलले बोलाए छुट्टै भेला


काठमाडौं, १८ कार्तिक । राप्रपाका महामन्त्री डा. धवल शम्शेर राणाले पनि आफूनिकट पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको छुट्टै भेला बोलाएका छन् । बालुवाटारस्थित नेपाल हाउसमा बस्ने भेलामा राणाले पार्टीको नियमित महाधिवेशनको विषयमा छलफल गर्ने भएका हुन् ।

उनी मंसिरभित्रै पार्टीको नियमित महाधिवेशनको पक्षमा उभिएका छन् । राप्रपामा असन्तुष्टहरुको नेतृत्व राणाले गरिरहेका छन् । यसअघिको केन्द्रीय समितिको बैठकमा राणाले फरक मत राखेका थिए ।