काठमाडौं, १८ कार्तिक । नेकपा (माओवादी केन्द्र) को महाधिवेशन आयोजक समितिको बैठक बस्ने भएको छ । आज दिउँसो १ बजे कमलादीस्थित् प्रज्ञा भवनमा बस्ने बैठकले विभिन्न पार्टीहरुसँगको एकतालाई अनुमोदन गर्ने भएको छ ।
उता, जनार्दन शर्मा भने एकता प्रक्रियामा सामेल नहुने भएका छन् । उनले ललितपुरको एक क्याफेमा छुट्टै पत्रकार सम्मेलन गर्ने भएका छन् । जनार्दनले माओवादीका असन्तुष्टहरुलाई समेटेर प्रगतिशील वाम ध्रुवीकरणको अभियान थाल्ने भएका छन् ।
त्यसको विषयमा उनले आजको पत्रकार सम्मेलनमार्फत जानकारी दिने भएका हुन् । जनार्दन विप्लव, घनश्याम भुसाललगायतलाई समेटेर नयाँ वाम ध्रुवीकरणको पक्षमा छन् ।




प्रतिक्रिया