भुसाल समातिए


काठमाडौं, १८ कात्तिक । प्रहरीले डा.निकोलस भुसाललाई पक्राउ गरेको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखाको गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट आज (मंगलबार) पक्राउ गरेको हो ।

भुसाललाई पक्राउ गर्नका लागि काठमाडौंबाट डीएसपी अनिल घिमिरेसहितको टोली परिचालन गरिएको थियो । उनले अराजक अभिव्यक्ति दिँदै आएको र त्यसैको सोधपुछको लागि पक्राउ गर्न परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेको भुसाललाई प्रदेश अस्पताल गोरखामा लगिएको पनि बताइएको छ ।