गगनले पेश गरे १५औं महाधिवेशनको कार्यतालिका


काठमाडौं, १८ कार्तिक । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक जारी छ । बैठकमा महामन्त्री गगनकुमार थापाले १५औं महाधिवेशन कार्यतालिका पेस गरेका हुन्।

उनले पेश गरेको कार्यतालिकामा पुस १६ गतेदेखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्ने भनिएको छ । तर, बैठकमा संस्थापन पक्षधरबाट पनि अर्को मिति प्रस्ताव भएको छ ।

सहमहामन्त्री महेन्द्र यादवले २०८३ साल वैशाख २७, २८ र २९ गतेसम्म गर्नेगरि महाधिवेशनको कार्यतालिका पेश गरेका हुन् ।