काठमाडौं, १८ कार्तिक । नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य तथा पूर्व उप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले आफूहरुले बृहत वामपन्थी एकता र कम्युनिष्ट शक्तिहरुलाई एकताबद्ध गरेर लैजानेमा अभियानमा सरिक भएको बताएका छन् । नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टीसहितको एकतालाई सकारात्मक र कोशेढुंगा सावित हुने संज्ञा दिएका उनले यो एकताको लागि एकता नभएर कम्युनिष्ट आनदोलनलाई रुपान्तरण गर्नको लागि भएको स्पष्ट पारे ।
विभिन्न दल र समूहसँग भएको एकता घोषणालाई अनुमोदन गर्नको लागि बसेको महाधिवेशन आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । श्रेष्ठले भने, ‘हामी एकताको निम्ति एकता, केही मान्छे थुपार्नको निम्ति मात्रै गर्दै छैनौँ। हाम्रो एकता विचार सिद्धान्त, राजनीति, विधि, पद्धति, संस्थागत, सामूहिकतालाई केन्द्र विन्दुमा राखेर सिङ्गो कम्युनिस्ट आन्दोलनलाई रूपान्तरण गर्नको लागि एकता गर्दैर्छौँ।’
उता, जनार्दन शर्माले भने एकता प्रक्रियालाई बहिष्कार गरेका छन् । उनले आजै पत्रकार सम्मेलन गरेर आफ्नो धारणा राखेका छन् ।




प्रतिक्रिया