जनार्दनले छोडे माओवादी : अब प्रगतिशील अभियान चलाउने, देशको नेतृत्व युवाको हातमा पुर्याउने


काठमाडौं, १८ कार्तिक । नेकपा (माओवादी केन्द्र) ले एकीकृत समाजवादीसहितका विभिन्न दल र समूहसँग एकता गरेपछि एकता प्रक्रिया बहिष्कार गरेका जनार्दन शर्माले पनि माओवादी त्यागेका छन् । शर्माले आज पत्रकार सम्मेलन गरेर प्रगतिशील अभियान चलाउने घोषणा गरेका हुन् ।

उनले प्रचण्ड माधव नेपालको नीतिमा लम्पसार परेको आरोप लगाए । तर, आफूले देशव्यापी रुपमा प्रगतिशील अभियान चलाउने र देशको नेतृत्व युवाको हातमा पुर्याउने शर्माको घोषणा छ ।

उनले अब देशव्यापी रुपमा युवा पुस्तालाई जोडेर अभियान चलाउनेपनि घोषणा गरे । शर्माले पत्रकार सम्मेलन गरेर आफ्नो धारणा राख्दै गर्दा माओवादीको महाधिवेशन आयोजक समितिले भने एकीकृत समाजावादीसहितका दलहरुसँग गरेको एकता घोषणालाई अनुमोदन गरेको छ ।