काठमाडौं, २२ कार्तिक । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी पूनर्गठन गरी आजका चूनौतिको सामना गर्ने दोहोर्याएका छन् । जेनजी आन्दोलनपछि निरन्तर पार्टी पूनर्गठनको आवाज उठाएका भट्टराईले आजपनि त्यो कुरा दोहोर्याएका छन् । उनले आफूहरुले एमालेलाई सबैको सम्मान र आत्मगौरवयुक्त बनाउन चाहेको र बनाउने घोषणा गरेका छन् । सहकार्य, सहअस्तित्व र सहकारितामा आधारिमा एमाले बनाउनुपर्ने उनको मत छ ।
उनले फेशबुकमा लेखेका छन्–
हामी चाहन्छौ, हामी बनाउछौ
-सबैको सम्मान र आत्मग़ौरब युक्त एमाले
-सहकार्य, सहअस्तित्व र सहकारितामा आधारित एमाले
-सभ्य, शिष्ट र सुसंस्कृति एमाले
-क्रान्तिकारी बिचार, गतिशील संगठन र जनमुखी कार्यशैली युक्त एमाले
-बिबिधत बिचको एकतामा बिश्वास गर्ने एमाले
पार्टी निर्माण सम्बन्धमा कमरेड मदन भण्डारीले स्थापित गर्नु भएका यिनै मान्यताका आधारमा पार्टीलाई बहुआयामिक पुनर्गठन गरी आजका चुनौतीको सामना गर्न एकताबद्ध होऔ ।
“बादे बादे जायते तत्व बोध”




प्रतिक्रिया