राजसंस्था फर्काउन शाही युवा शक्ति उडकमा उत्रियो, धवलशम्शेरको पनि साथ


काठमाडौं, २२ कार्तिक । पशुपति खड्का नेतृत्वको शाही युवा शक्ति, नेपालले आज राजसंस्था पूनःस्थापनाको लागि सडकमा शक्ति प्रदर्शन गरेको छ । शाही युवा शक्ति नेपालको ब्यानरमा उत्रिएकाहरुले राजा र जनता मिलेर देश बचाउनुपर्ने आवाज उठाएका थिए । उनीहरुले विशाल मोटरसाइकल र्‍यालीसमेत निकालेका थिए ।

पछिल्लो समय शाही युवा शक्तिले सामाखुशी, नयाँ बसपार्क एरियामा आफ्नो राजनीतिक गतिविधि गर्दै आएको छ । आजको प्रदर्शनपनि यहीँबाट सुरु भएको हो । प्रदर्शनमा राप्रपाका महामन्त्री धवलशम्शेर राणाले पनि सहभागिता जनाएका थिए ।