काठमाडौं, २३ कार्तिक । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले सुकुम्वासीहरुलाई साथ दिने घोषणा गरेका छन् । काठमाडौं महानगरले आज काठमाडौंका केही सुकुम्वासी बस्तीमा डोजर हान्ने तयारी गरेपछि प्रसाईं सुकुम्वासी बस्ती पुगेर उनीहरुको पक्षमा उभिने घोषणा गरेका हुन् । उनले महानगरले सुकुम्वासी बस्तीमा डोजर चलाए प्रतिकार गर्ने चेतावनी दिए । उनले मेयर बालेन शाहविरुद्ध पनि लड्न भनेका छन् । उनले सुकुम्वासी बस्ती भत्काईए बालेनको पनि घर भत्काउन उक्साएका छन् ।
उनले भने,‘घर जलाउन र मान्छे निकाल्न उनीहरुले सिकाएका हुन् । तपाईंहरुकोमा भत्काउन आयो भने तपाईंहरु हुरुरु उसको घरतिर जानुस् । श्रीमतीलाई बाहिर निकाल्नुस् । तपाईंहरुको बच्चालाई निकाल्छ भने उसको बच्चामात्रै बच्चा हो ? उसको पनि भत्काउने हो । यो सरकारी जमिन बालेनको बाउको होइन र राजु पाण्डेको बाउको पनि होइन । जसले लछारपछार गर्छ उसको स्वास्नीलाई पनि लछारपछार गर्नुस् ।‘




प्रतिक्रिया