काठमाडौं, २४ कार्तिक । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको संवैधानिक व्यवस्था असफल भएको दाबी गरेका छन् । उनले यो व्यवस्था असफलमात्र नभएर अनैतिक राजनीतिक एवं लुट–भ्रष्टाचारको ओडार भएको आरोप लगाएका छन् । मधेश प्रदेश सरकार गठन प्रक्रियालाई लिएर साहले यस्तो टिप्पणी गरेका हुन् । उनले अब गलत संवैधानिक व्यवस्थाको विरोध गर्न अपिल गरेका छन् ।
उनले फेशबुकमार्फत लेखेका छन्-
मधेशमा मुख्यमन्त्रीको गोप्य नियुक्तिले फेरी एकपटक पुष्टि भयो कि वर्तमान संवैधानिक व्यवस्था असफल मात्र हैन अनैतिक राजनीतिक एवं लुट–भ्रष्टाचारको ओडार हो । समस्याको मुख्य जड़को रूपमा रहेको गलत संवैधानिक प्रावधानलाई छोड़ेर एक अर्कालाई मात्र दोषारोपण गर्नु फेरी अर्को बेईमानी हुनेछ । यसर्थ गलत संवैधानिक व्यवस्थाको विरोध गरौ, नकली संविधान निर्माताहरूलाई दण्डित गरौ । मेरो देशवासीसंग विनम्र आग्रह छ, वर्तमान लुटकारी व्यवस्थामाथी पुनर्बिचार गर्नुस । खास गरी संविधान निर्माताहरूलाई भन्न चाहन्छु, तपाईहरूले आफनो गलती स्वीकार्नुस र आत्मलोचित भई समयमै संविधान खारेजीको पक्षमा आऊनुस । यसैमा सबैको भलाई छ ।




प्रतिक्रिया