गलोपाले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पायो, बस्नेत पनि आयोग पुगे


काठमाडौं, २४ कार्तिक । एयरलाइन्स व्यवसायी वीरेन्द्र बहाहादुर बस्नेतको अगुवाईमा खुलेको गतिशील लोकतान्त्रिक पार्टीले दल दर्ताको मान्यता पाएको छ । यो दलले प्रस्ताव गरेको चुनाव चिन्ह दीप ज्योति नै पाएको छ ।

अध्यक्षमा दिनेशराज प्रसाइ छन् । तर, यो दल बस्नेतको परिकल्पनामा खुलेको हो । यो दल दर्ताको लागि गत असोज ३० गते आयोगमा निवेदन परेको थियो ।

बस्नेतकै उपस्थितिमा दलको अवधारणापत्र समेत सार्वजनिक भैसकेको छ । आज आयोगमा दल दर्ताको मान्यता प्राप्त प्रमाणपत्र लिनको लागि प्रसाईं, बस्नेतसहितका नेताहरु पुगेका थिए ।