पूर्वमन्त्री शाहले एमाले छोडे, भीम रावलसँगै नेकपामा प्रवेश


काठमाडौं, २६ कार्तिक । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री प्रकाशबहादुर शाह प्रचण्ड संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला, आर्थिक योजना मन्त्री भैसकेका नेता शाह भीम रावलसँगै आज नेकपामा प्रवेश गरेका हुन् । उनले नेकपा नै कम्युनिष्ट आन्दोलनको मूल प्रवाह बन्ने दाबी गर्दै आएका छन् ।