काठमाडौं, २७ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले १५औं महाधिवेशनसँगै निर्वाचन तयारी गर्नुपर्ने बताएका छन् । पार्टीको जारी केन्द्रीय कमिटीको बैठकमा आज आफ्नो धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् । महाधिवेशन प्रतिनिधि चयन गरिरहँदा उम्मेदवार सिफारिसको ‘प्राइमरी इलेक्सन’ त्यहिबेला एक अलग मतपत्र मार्फत गर्न सकिने शर्माको प्रस्ताव छ ।
न्यूनतम १ महिलासहित ३ जनाको नाम संघीय क्षेत्रीय अधिवेशनका प्रतिनिधिले चयन गरेर पठाउन निर्देश गर्नसकिने उनको भनाई छ । उनले अन्तिम उम्मेदवार चयन गर्न पार्टीको संसदीय बोर्डलाई विगतमा भन्दा सहज हुने भनेका छन् । उनले राखेको धारणामा भनिएको छ,‘समानुपातिकको सुची बुझाउनु पर्ने मितिका कारण महाधिवेशनलाई असर पर्न सक्दछ भन्ने बुझाइमा मेरो राय छ– सम्भवत त्यो मिति केहिपछि सर्नसक्छ, सर्दैन भनेर मानेर जाँदा बीचमै पनि सूची बुझाउन सकिन्छ ियता सूची बुझाइरहँदा एक तहसम्मको अधिवेशन जारी रहेकोे अवस्थाले पार्टीलाई नोक्सान गर्दैन ।’
अबको निकासको बाटो नै फागुन २१ मै निर्वाचन भनेर शर्माले भनेका छन् । उनले भनिएको छ,‘जेनजी बिद्रोह राजनैतिक–सामाजिक यथार्थ थियो, तर प्रतिनिधिसभाको विघटन न त्यो प्रदर्शनले माग गरेको थियो न त संविधानसम्मत कदम थियो ियसको संवैधानिक परिक्षण सम्मानित सर्वोच्च अदालतले गर्नेछनै तर एउटा बदलिएको परिस्थितिमा ताजा जनमत लिन मतदातामा जाने निर्णय हामीले गर्नुछ र सबै राजनैतिक दललाई निर्वाचनमा सहभागी बन्न अपील पनि गर्नुछ ।’ निर्वाचनका लागि शान्ति सुरक्षाको वातावरण सहज बनाउने जिम्मेवारी सरकारको भएको उनको भनाई छ । उनले भनेका छन्,‘यो दिशामा अपेक्षित प्रगति हुनसकेको देखिन्न िहामीले सरकारलाई दबाब दिएर जानुसँगै, देशव्यापी रुपमा पार्टी पंक्ति परिचालन गरेर चुनावका लागि आवश्यक माहौलको विकासमा बल पु¥याउनु पर्दछ।’




प्रतिक्रिया