अफगानिस्तानमा बम विस्फोट, तीन बालबालिकाको मृत्यु


काबुल, २८ कात्तिक । पश्चिमी अफगानिस्तानको बदघिस प्रान्तमा विगतको युद्धको समयमा जमिन मुनि राखिएको विस्पोटक उपकरण विस्फोट हुँदा तीन जना बालबालिकाको ज्यान गएको प्रान्तीय प्रहरी प्रवक्ता सेदिकुल्लाह सेडिकीले शुक्रबार बताउनु भएको छ ।

उक्त बस्तुलाई केटाकेटीहरूले खेलौना जस्तो ठानेर त्यससँग खेल्न थाल्दा दुभाग्यपूर्ण रुपमा उक्त उपकरण अचानक विस्फोट हुँदा घटनास्थलमै बालबालीकाको मृत्यु भएको अधिकारीले जनाएका छन् ।

बदघिस प्रान्तमा गत हप्ता भएको यस्तै विस्पोटको घटना हुदाँ दुई जना बालबालिकाको ज्यान गएको थियो ।

युद्धग्रस्त अफगानिस्तानमा द्धन्द्ध प्रभावित देश हो जहाँ विगत चार दशक भन्दा लामो युद्धबाट बाँकी रहेका बिभिन्न उपकरणहरू विस्पोट भएका कारण निर्दोश नागरिकका साथै बच्चाहरूले ज्यान गुमाउने गरेको जनाइएको छ । रासस