काठमाडौं, कार्तिक २९ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबार दिउँसो २ बजे बस्ने भनिएको बैठक आगामी मङ्सिर १ गते सोमबार दिउँसो २ बजे बस्नेगरि स्थगित भएको हो।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ। गत असोज २८ गते शुरु भएको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १५ औँ महाधिवेशन कहिले गर्ने भन्नेबारे निर्णय गर्न सकेको छैन् ।




प्रतिक्रिया