अब हामी सबै ठाउँमा शक्तिको ज्वाला सिर्जना गर्छौं : वामदेव गौतम


काठमाडौं ३० कार्तिक । नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेता तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले सातै प्रदेशमा सन्देश सभा गर्ने र आफ्नो दलको शक्तिको ज्वाला देखाउने बताएका छन् । नवगठित दलको आज पूर्व पदाधिकारीहरुको बैठक बसेर एकताको सन्देश दिनको लागि कार्यक्रम तय गरिएको हो । बैठकबाट बाहिरिने क्रममा नेता गौतमले समाजवाद निर्माण गर्नेगरि आफ्नो दल अघि बढ्ने सुनाए ।

उनले भने,‘अब हामी समाजवाद निर्माण गर्छौं । देशका जति पनि समस्या छन्, हामी समाधान गर्छों भनेर सन्देश दिन्छौं । यो देशलाइृ सुन्दर बनाउँछौं । नेपालमा नै श्रम गर्ने हो, श्रमको लागि विदेश जानुपर्दैन भनेर जनतालाई आश्वस्त पार्न हामी जनताको बीचमा जान्छौं । सबै ठाउँमा शक्तिको ज्वाला सिर्जना गर्छौं । नेपाल सुरक्षा र रक्षा गर्छौं । जनताको समृद्धि गर्छौं । सात प्रदेशमा अब सन्देश सभा आयोजना हुन्छ ।’ file photo