आईजिपी कार्की नेपाल प्रहरी अस्पतालमा


काठमाडौं, ३० कार्तिक । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले अत्याधिक हिमपात र चिसोका कारण बिरामी भई उद्दार गरिएका उपचाररत प्रहरी कर्मचारीहरू तथा अन्य बिरामी प्रहरी कर्मचारीहरू तथा आफन्तहरूसँग नेपाल प्रहरी अस्पतालमा भेटेर स्वास्थ्यस्थितिको जानकारी लिएका छन् ।

शे–फोक्सुण्डो गा.पा. १ मिजार गुम्बा स्थित इ.प्र.का. नाम्दोमा कार्यरत प्रहरी कर्मचारीहरू कार्तिक २३ गते ४ बजे जिल्ला प्रहरी कार्यालय डोल्पाको लागी हिँडेकोमा अत्याधिक हिमपातका कारण निजहरूका खुट्टा सुन्निएर हिँड्न समेत कठिन भएको हुँदा उनीहरुलाई कार्तिक २८ गते नेपाली सेनाको हेलिकप्टरद्वारा डोल्पोबुद्ध गा.पा.न.१ धोबाट उद्धार गरी थप उपचारको लागि काठमाडौं ल्याईएको थियो । अहिले उनीहरुको नेपाल प्रहरी अस्पताल काठमाडौंमा उपचार जारी छ ।