काठमाडौं, मंसिर २ । नेकपा (एमाले) नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको बयान लिन गौरीबहादुर कार्कीको योग्यता नपुग्ने बताएकी छन् । भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गरिरहेको विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले एमाले अध्यक्ष ओलीलाई बयानका लागि बोलाउने तयारी गरेपछि झाक्रीले कार्कीको योग्यता, क्षमता र विश्वासनियतामाथी प्रश्न उठाएकी हुन् ।
नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै उनले गौरीबहादुर कार्की जेन-जी आन्दोलन भाड्न, सिंहदरबार जलाउन प्रोत्साहन गर्ने व्यक्तिहरुको समुहमा पर्ने भएकाले उनको नेतृत्वको जाँचबुझ आयोगको औचित्य नरहेको बताईन् ।
उनले भनिन् ‘उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की पूर्वाग्रही रुपले अभिव्यक्ति दिँदै आएका व्यक्ति हुन् । म क्षमता, योग्यता, विश्वासनियता, कार्यसम्पादन र वरियतामा निकै कमजोर कार्कीको आयोगलाई विश्वास गर्दिन । त्यस्तो छानबिन आयोग कम्तिमा सर्वाेच्व अदालका न्यायधिसको अध्यक्षतामा गठन हुनुपर्थ्याे । जुनियर, तल्लो स्तरको र एक प्रकारले पूर्वाग्रहपूर्ण अभिव्यक्ति दिँदै आएको व्यक्तिको अध्यक्षतामा बनेको आयोगले नै योग्यता राख्दैन । आयोग गठनको तरिका, आयोगका व्यक्तिको योग्यता र कार्यक्षमता र पूर्वाग्रपूर्ण अभिव्यक्ति हेर्दा आयोगको औचित्य देखिदैन । उहाँ आफै जेन–जी आन्दोलन भडकाउने, सिंहदरबार जलाउन प्रोत्साहन गर्ने व्यक्तिहरुको समूहमा पर्नुहुन्छ ।’
नेतृ झाँक्रीले सरकार आफै असंवैधानिक बाटोबाट गठन भएको र असंवैधानिक सरकारले गठन गरेको अयोग्य व्यक्तिको छानबिन समितिमा गएर पार्टी अध्यक्ष ओलीले बयान नदिने जिकिर गरिन । आयोगका अध्यक्ष कार्की सर्वाेच्च अदालतको न्यायाधीश वा उच्च अदालतको प्रमुख न्यायधीशको हैसियत नभएका व्यक्ति भएकाले ओलीको बयान लिन योग्यता नपुग्ने उनको दाबी छ ।




प्रतिक्रिया