काठमाडौं, २ मंसिर । नापी कार्यालय, पर्सामा कार्यरत सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्याय १ लाख घुससहित पक्राउ परेका छन् । आज (मंगलबार) उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्जबाट पक्राउ गरेको हो ।
अख्तियार स्रोतका अनुसार छुट जग्गा दर्ता गरिदिने भन्दै सेवाग्राहीसँग विभिन्न बहानामा उनीहरुले उक्त रकम लिएका थिए । सेवाग्राहीबाट घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको केन्द्रीय कार्यालय, टंगालबाट खटिएको टोलीले उनीहरूलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।




प्रतिक्रिया