काठमाडौं, ३ मंसिर । वरिष्ठ अधिवक्ता डा.गान्धी पण्डितले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुन नसकेको खण्डमा राष्ट्रपतिले ‘डक्टिन अफ नेसेसिटी’ को प्रयोग गरेर संसद् व्युँताउन सक्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ मार्फत डक्टिन अफ नेसेसिटीको प्रयोग गरेर संसद् विघटन गर्न सक्दा संसद् पुनर्स्थापना गर्ने अधिकार पनि रहेको बताएका हुन् ।
‘फागुन २१ गते कुनै कारणले निर्वाचन भएन भने यो देशमा न संसद् भयो, न जनप्रतिनिधिहरुले शासन गर्ने भए ? यो त खतरा भयो । अस्तीको आन्दोलनमा राष्ट्रपतिले संविधानको धारा ६१ प्रयोग गरेर संसद् विघटन गर्न सक्छन् भने त्यही अधिकार प्रयोग गरेर राष्ट्र, जनता र संविधानको लागि त्यो पुनर्स्थापना पनि हुन सक्छ । डक्टिन अफ नेसेसिटीको आधारमा यो सरकार बन्न सक्छ भने संसद् पनि ब्युँतिन सक्छ,’– उनले भने ।
उनले अब निर्वाचनको विकल्प नरहेको बताए । यदि निर्वाचन भएको खण्डमा जेन–जी, नागरिक समाज र विद्वानहरुको सहभागितामा नयाँ संसद् ब्युँताउनुपर्ने उनले बताए ।
साथै, उनले सरकारले दुर्गा प्रसाईँलाई पक्राउ गरेकोप्रति उनले आपत्ति जनाए । आज दुर्गा प्रसाईँले आन्दोलनको घोषणा गर्दा समातिन्छन् भने भोलि अरु राजनीतिक दलले गर्ने आन्दोलन पनि रोक्नुपर्ने उनको भनाइ छ ।




प्रतिक्रिया