एमाले नेताद्वय पोखरेल र बस्नेत आउने भएपछि विमानस्थलमै प्रदर्शन


काठमाडौं, ३ कात्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र युवा नेता महेश बस्नेत आउने भएपछि सिमरा विमानस्थलमा जेन–जी समूहले प्रदर्शन गरेका छन् । एमाले नेताद्वय पोखरेल र बस्नेत काठमाडौंबाट बुद्ध एयरको १०ः३५ को उडानबाट सिमरा जाने तयारीमा थिए । उनीहरु बाराको परवानीपुरमा प्रदेशस्तरीय भेलाका निम्ति त्यसतर्फ जान लागेका हुन् ।

एमालेको उक्त भेलामामा पोखरेल, बस्नेतलगायतका नेताहरुालाई सहभागी हुन नदिने भन्दै जेन–जी समूहले प्रदर्शन गरेको हो । सिमरामा जेन–जीहरुले प्रदर्शन सुरु गरेपछि बुद्ध एयरको जहाज भने काठमाडौंमै होल्ड गरिएको छ । निर्धारित समयमा नै उडानका निम्ति धावनामार्गतर्फ अगाडि बढ्ेको जहाज पुनः पर्किङतिरै फकाएर अर्कोृ सूचना नआएसम्म उडान नहुने बताइएको छ ।

प्रदर्शनकारीहरु धावनमार्गमै पुगेसिछ असुरक्षाका कारण उडान रद्द गरिएको बताइएको छ । तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश जारी गरिसकेको छ ।