काठमाडौं, ३ मंसिर । बाराको सिमरा विमानस्थल र राजमार्ग आसपासका क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ । एमाले महासचिव शंकर पोखरेल र पोलिटव्युरो सदस्य महेश बस्नेत सिमना विमानस्थल हुँदै आउने जानकारी पाएपछि जेन–जी युवाहरुले प्रदर्शन गरेका थिए ।
उनीहरुले विमानस्थल आसपासमा प्रदर्शन र सडकमा टायर बालेका थिए । प्रदर्शनकारी र एमाले कार्यकर्ताबीचको झडपले उक्त क्षेत्र तनावग्रस्त बनेको छ ।
जेन–जी समूहले विमानस्थलमै विरोध प्रदर्शन गरेपछि सरकारी र निजी सम्पत्तिमा सम्भावित क्षति हुनसक्ने भन्दै स्थिति थप बिग्रन नदिन बारा प्रशासनले राजमार्ग आसपास र विमानस्थल क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।




प्रतिक्रिया