प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा रास्वपाबाट को-को जाँदैछन् ?


काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको आजको सर्वदलीय बैठकमा रास्वपाबाट कोषाध्यक्ष लिमा अधिकारी र केन्द्रीय सदस्य गणेश पराजुली सहभागी हुने भएका छन् ।

प्रधानमन्त्री कार्कीले आज अपरान्ह ४ बजे निर्वाचन आयोगमा दर्ता रहेका दलहरुलाई सरकारका कामकारबाही र प्राथमिकताबारे जानकारी दिनको लागि बैठक बोलाएकी छिन् । उक्त बैठकमा रास्वपाबाट सहभागी हुने नेताहरुको नाम तय भएको हो ।