काठमाडौं, मंसिर ४ । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा मंसिर ६ गते काठमाडौं गर्ने प्रदर्शन, मंसिर १३ गते गर्ने महाधिवेशन प्रतिनिधि छनोट र आगामी मंसिर २७ गतेदेखि २९ गतेसम्म काठमाडौंमा गर्ने ११ औँ राष्ट्रिय महाधिवेशन लगायतबारे छलफल हुने जनाईएको छ ।
बैठकमा बुधबार बारामा एमाले कार्यकर्ता र जेनजी समूहबीच भएको झडपबारे समेत गम्भिर समिक्षा हुने बताईएको छ । सरकारले फागुन २१ लाई तोकिएको प्रतिनिधि सभा निर्वाचनबारे दलहरुलाई छलफल अगाडी बढाइरहेका बेला एमालेले भने प्रतिनिधि सभा पुनर्स्थापनाका लागि सडक र अदालत दुवैबाट दबाब बढाएको छ ।




प्रतिक्रिया