जेन-जी आन्दोलनलक्षित ओलीको अभिव्यक्तिः देशमा कसैलाई पनि आतंक मच्चाउन छुट छैन (भाषणको पूर्णपाठसहित)

‘२७ वर्षको हुँदैमा जेन–जीका नाममा उपद्रो मच्चाउन पाइँदैन’


काठमाडौं, ५ मंसिर । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अब कसैले पनि हिजोकोजस्तो राज्यका संरचनाहरू निर्वाद जलाउँदै हिँड्न नपाउने बताएका छन् । नेशनल भोलेन्टिय फोर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको नेशनल भोलेन्टिय फोर्सले राज्यको संरचनाको रक्षा गर्ने बताएका हुन् ।

अध्यक्ष ओलीले देशका जनता आफैँ भोलेन्टियर भएर आफ्नो रक्षा गर्नुपर्ने अवस्थामा पुगेको बताए । नेशनल भोलेन्टिय फोर्स कसैका विरुद्ध नभएर हिंसा, अराजकता, आतंक, आगजनी, तोडफोड, लुटपाट र त्रासदीपूर्ण वातावरणका विरूद्ध रहेको ओलीले बताए । नेशनल भोलेन्टिय फोर्स शान्तिको पक्षमा रहेको पनि उनले बताए । अब देशमा कसैलाई पनि आतङ्क मच्चाउने छुट नरहेको ओलीको भनाइ छ ।

सरकारले चुनाव–चुनाव भनेर शब्द उच्चारण गर्ने गरे पनि शान्तिपूर्ण ढंगले भेला र सभा हुन पनि नदिएको भन्दै ओलीले असन्तुष्टि व्यक्त गरे । उनले नेताहरूको मुभमेन्ट र गतिविधि हुन नदिने, नेताहरूलाई कुनै ठाउँमा जान नदिने, नेताहरूलाई कुनै कार्यक्रममा सम्बोधन गर्न नदिनेजस्ता गतिविधि सरकारबाट भइरहेको बताए । निषेधित, अलोकतान्त्रिक, अधिनायकवादी क्रियाकलापहरूमा परोक्ष ढंगले सरकार देखा नपर्ने, कुनै शक्ति देखा नपर्ने तर विभिन्न शक्ति र सरकारहरू पृष्ठभागमा बसेर जेनजीका नाममा गर्ने काम भइरहेको ओलीले बताए ।

अध्यक्ष ओलीले २७ वर्षको हुँदैमा जेनजीका नाममा देशमा उपद्रो मच्चाउन नपाइने बताए । ‘हामी अस्तिका दिन मात्र हे¥यौं, युवा भेलामाथि विभिन्न प्रकारका अवरोधहरु खडा गर्ने, नेताहरूलाई जान नदिने आक्रमणकारी कामहरू भए, बिथोल्ने कामहरु भयोर आतङ्क फिँजाउने कामहरू भयो । त्यो काम अहिलेसम्म जारी छ । अस्ति हामीमाथि ढुङ्गा हान्न आए, एमालेमाथि ढुङ्गा हान्न, एयरपोर्टमा ढुङ्गा हान्न र एयरपोर्टका गेट भत्काउन आए । हिजो प्रहरीमाथि ढुङ्गा हान्न गए,’– ओलीले भने ।