काठमाडौं, मंसिर ६ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूविरुद्ध गलत हल्ला फैलाएको भन्दै ले ‘मिस पबी ४’ (Miss Pabi 4 ) फेसबुक पेजविरुद्ध रिपोर्ट गरेका छन्।
आफू कुनै राजनीतिक दलमा नलाग्ने बताउँदै मिस पबी ४ नामको फेसबुक पेजले भ्रम फैलाएकाले फेसबुक सञ्चालक मेटा कम्पनीमा रिपोर्ट गरेको उनले जानकारी दिएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘साबधान — Miss Pabi 4 भन्ने फेसबुक पेजलाई मैले रिपोर्ट गरें र अरु साथीहरु पनि साबधान हुनु होस् | यसरी जनता झुकाउने फेसबुकेलाई रिपोर्ट गर्नु नै पर्छ किन भने यस्ताले झुटो कुरा फैलाउन्छां र सबैलाई भाँड्ने काम गर्छन | म कुनै पार्टीमा लाग्ने मान्छे होइन तर Miss Pabi 4 ले भ्राम फैलाउंदै छ ।’




प्रतिक्रिया