हात्तीडाँडा एयरपोर्ट नगर समाजको साधारण सभा सम्पन्न


काठमाडौं । काठमाण्डौको पुर्वी भागमा रहेको हात्तीडांडा एयरपोर्ट नगर समाजको साधारण सभा आज सम्पन्न भएको छ । समाजको कार्यालयमा समाजका लब्धप्रतिष्ठीत सदस्यहरुको उपस्थिती र रोहवरमा सभाले ११ सदस्यिय नयां कार्य समिती चयन गरेको छ ।

उपत्यका बाहिरवाट आएर वसोवास गरिरहेका नयां वस्तीमा हात्तीडांडा क्षेत्रका व्लक – ए, व्लक – वि, व्लक- सि का करिव १४० घर र एयरपोर्ट नगर क्षेत्रका विस्रान्ती मार्ग, आदर्श मार्ग, आदर्श मार्ग, सुन्दर सिखर मार्ग र गोकुलधामका करिव १९० घर परिवार सदस्य रहेका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पुर्वपट्टी सम्मुखमै रहेको उक्त्त समाजले समाज भित्र आपसी सद्भभाव र भाईचारा अभिवृर्दी एक आपसमा सुख दु:खमा एकतावद्द भएर काम गरी रहेका छन् ।

समाजमा आवद्द सदस्यहरुको आफ्नै आर्थीक लगानी र पहलमा समाजको ९० प्रतिशत भन्दा माथी विकास भएको छ । अहिलेसम्म समाजकै अग्रसतामा बाटो, बत्ती ढल-मंगल, सिसिटीभी, वालमैत्री उध्धान, खुल्ला व्यामशाला निर्माणको काम भई सकेका छन् भने खानेपानीको अन्तिम चरणको काम धमाधम भईरहेको छ ।

त्यस्तै गणेश मन्दिर निमार्णका लागि १० लाख रुपयांको आर्थिक व्यवस्थापन भईसकेको छ । आजको भेलाले अध्यक्ष गणेश थापा, उपाध्यक्ष टेक बहादुर स्रेष्ठ, उपाध्यक्ष भरत गिरी, महासचिव अधिवक्ता राजु कटुवाल, सचिव अधिवक्ता हिराकाजी बस्नेत कोषाध्यक्ष कृष्णमाई गौतम (विनिता) र सदस्यहरुमा : राममणी न्यौपाने, राजमणी भट्टराई, लक्ष्मी थापा, स्याम परियार, मनिषा जि. सी. र कविता ढकालको कमीटी गठन गरेको छ ।