काठमाडौं, ८ मंसिर । नेपालको अग्रणी राइड–हेलिङ एप र विश्वव्यापी गतिशीलता र शहरी सेवा प्लेटफर्म इनड्राइभले काठमाडौंमा आयोजित एक विशेष समारोहमा आफ्नो प्लेटिनम ड्राइभर गिभअवे अभियानका विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरेको छ । अभियानले चालक साझेदारहरूबाट अत्यधिक प्रतिक्रिया प्राप्त गरेको र जसले उत्साहपूर्वक सडकमा आफ्नो समर्पण, व्यावसायिकता र उत्कृष्टता प्रदर्शन गर्न भाग लिएको बताइएको छ ।
साप्ताहिक चुनौतीहरू, आकर्षक पुरस्कारहरू र दुई मेगा ग्रान्ड पुरस्कारहरूमार्फत इनड्राइभका सबैभन्दा प्रतिबद्ध चालक साझेदारहरूलाई पहिचान गर्न अभियान डिजाइन गरिएको थियो। विजेताहरूमा क्याब ड्राइभर श्रेणीअन्तर्गत हरि पाण्डे र बाइक÷मोटो राइडर श्रेणीमा आकाश तामाङ रहेका छन् ।
दुवै विजेताहरू तीनै चुनौती हप्ताहरूमा प्लेटिनमस्थिति कायम राख्ने चालकहरूको समूहबाट छनोट गरिएका थिए । जसले भव्य पुरस्कारहरूको लागि योग्य हुन सबै योग्यता मापदण्डहरू पूरा गरेका थिए। यो घोषणा नोभेम्बर ७ मा इनड्राइभ नेपालको आधिकारिक टिकटक च्यानलमार्फत भाग्यशाली ड्र मार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो।









प्रतिक्रिया