काठमाडौं, ९ मंसिर । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले २१ फागुनको निर्वाचनमा भाग लिनको लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । सो दलको तर्फबाट प्रवक्ता मोहनकुमार श्रेष्ठले आयोगमा पुगेर आज दल दर्ता गराएका हुन् ।
निर्वाचन प्रयोजनको लागि यही मंसिर १० गतेसम्म दल दर्ताको मिति तय गरिएको छ । दल दर्तापछि प्रवक्ता श्रेष्ठले फेशबुकमा लेखेका छन्–‘यथास्थितिमा हुने निर्वाचनबाट मुलुकको निकास सम्भव छैन भन्नेमा प्रष्ट छौं। तथापि एउटा जिम्मेवार र प्रजातान्त्रिक दल हुनुको नाताले प्रजातान्त्रिक प्रक्रियाबाट अलग हुनु वाञ्छनीय नहुने भएकाले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा हाम्रो दल राप्रपा दर्ता भएको छ।’





प्रतिक्रिया